जेएफएले जित्यो सेभेन ‘ए’ साइड ओपन फुट्सल प्रतियोगिताको उपाधि

जेएफएले जित्यो सेभेन ‘ए’ साइड ओपन फुट्सल प्रतियोगिताको उपाधि


काठमाण्डु – जुनियर फुटबल एकेडेमी (जेएफए) स्पोर्टस् नेपालले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भएको सेभेन ‘ए’ साइड ओपन फुट्सल प्रतियोगिताको उपाधि जितेको छ ।

बौद्ध अजिमा समाजको आयोजनामा शुक्रबार फुट्सल एरिनामा भएको चौथो संस्करणको प्रतियोगितामा जेएफएले उपाधि जितेको हो ।

प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । जेएफएले रियल मड्रिड फ्यान क्लबल नेपाललाई ८-० गोलले पराजित गरेर क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

त्यस्तै बज्र इन्टरनेशनल कलेजलाई ७-० र आयोजक बज्र अजिमा समाजलाई पेनाल्टी सुटआउटमा २-० गोलले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । फाइनल खेलमा सिम्बा खुकुरीलाई १–० गोलले पराजित गर्दै जेएफएले उपाधि जितेको हो । जेएफएको लागि जेनिफर रानाले विजयी गोल गरिन् ।

विजेता जेएफएले नगद पुरस्कार ३० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता सिम्बा खुकुरीले २० हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जेएफएकी जेनिफर राना घोषित भइन् । भने उत्कृष्ट गोलकिपरको उपाधि जेएफएकी झरना बायु राईले प्राप्त गरिन् ।