दयाहाङ र मिरुनाको ‘जारी’ युट्युबमा रिलिज, २४ घण्टा नवित्दै १२ लाखले हेरे

दयाहाङ र मिरुनाको ‘जारी’ युट्युबमा रिलिज, २४ घण्टा नवित्दै १२ लाखले हेरे


काठमाण्डु–दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको सुपर हिट फिल्म ‘जारी’ युट्युबमा रिलिज गरिएको छ ।

दसैँको छेको पारेर सोमबार ‘जारी’लाई युट्युबमा सार्वजनिक गरिएको हो ।

गत वर्षको ब्लकबस्टर फिल्म जारी बाँसुरी फिल्म्सको युट्युब च्यानलमा हेर्न सकिने छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा लिम्बू संस्कृतिको कथा देखाइएको छ ।

फिल्ममा दयाहाङ र मिरुनासँगै प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु लगायतको अभिनय रहेको छ ।

उक्त फिल्म (रिलिजको २४ घण्टा नवित्दै) अहिले युट्युबको ७ औं ट्रेन्डीङमा आइसकेको छ भने १२ लाख पटक हेरिसकिएको छ ।