जब डिएसपी बाबुले एसपी छाेरीलार्इ ‘सल्युट’ गरे

जब डिएसपी बाबुले एसपी छाेरीलार्इ ‘सल्युट’ गरे


एजेन्सी– ‘मेरो लागि यो क्षण धेरै महत्वपूर्ण छ। सामाजिक संजालमा यो मुद्दा निकै भाइरल बन्यो। जब म ड्युटीमा हुन्छु र मेरो अघि जब छोरी हुन्छिन् तब म उनलार्इ सल्युट गर्छु। तर घरमा हामी बुबाछोरी हौ।’ 

यी शब्दहरु उनै पिताकाे हाे जसले एक कार्यक्रममा छाेरीलार्इ भेट्दा स्यालुट हाने । जसले आफ्नी छोरीलार्इ ‘सल्युट’ गरेको विषय सामाजिक संजालमा भाइरल भइरहको छ।

विषय निकै सामान्य लाग्न सक्छ, तर उत्तिकै प्रेरणादायी पनि। यो कथा हो भारतको तेलंगाना राज्यका एक बुबा र उनकी छोरीको हाे। दुवै प्रहरी जागिरे छन्। बुबा उमामहेश्वर शर्मा ‘डिएसपी’ हुन् भने छोरी सिंधु शर्मा ‘एसपी’। अर्थात बुबा भन्दा छोरी ‘सिनियर’।

स्यालुटकाे कहानी के थियाे

सेप्टेम्बर १ मा भारतको तेलंगाना राज्यका मुख्यमन्त्री चन्द्रशेखर राव एक कार्यक्रममा सहभागी हुन रंगोरेड्डी जिल्लाको एक गाउँमा पुगेका थिए। छिमेकी जिल्लाका प्रहरी अधिकारीहरुलार्इ समेत मुख्यमन्त्रीको सुरक्षाका लागि त्यहाँ खटाइएको थियो।

उमामहेश्वर शर्मा मलकानगिरीका डिएसपी थिए। उनलार्इ पनि मुख्यमन्त्रीको कार्यक्रमका लागि त्यहाँ खटाइएको थियो। त्यस कार्यक्रमको महिला ग्यालरीको जिम्मेवारी सिंधु शर्मालार्इ दिइएको थियो।

कार्यक्रमको एक समयमा डिएसपी बुबाको अगाडी एसपी छोरी पुगिन्। प्रहरी पोसाकमा रहेका उमामहेश्वरले प्रोटोकलको सम्मान गर्दै आफ्नी छोरीलार्इ देख्ने बितिकै ‘सल्युट’ गरेका थिए। कार्यक्रममा रहेका पत्रकारहरुले बुबाले आफ्नी छोरीलार्इ ‘सल्युट’ गर्दै गरेको क्षण आफ्ना क्यामरामा कैद गरे। त्यस पछि त्यो क्षण समाचारका हेडलाइन बन्यो।

बिबिसिसँगको अन्तरवार्ताका क्रममा उमामहेश्वरले भने ‘डिएसपी भएकोले त्यस कार्यक्रममा म मुख्यमन्त्रीको सुरक्षाका लागि खटेको थिए। छोरी पहिल्यै देखि त्यहाँ थिइन्। छोरी अगाडी आउने बितिक्कै मेरो हात सल्युट गर्न उठ्यो। यस बारेमा हामीले पहिला कहिल्यै सोचेको वा कुरा गरेका थिएनौं। त्यो क्षण यसै बित्यो।’

उमामहेश्वरले भन्छन् ‘हामी दुवै आफ्नो ड्युटी गर्दै थियौं। तर कसैले त्यो क्षण रेकर्ड गर्छ भन्ने बारे हामीले सोचेका थिएनौं। जब म अगाडी आए तब मलार्इ उनी मेरी छोरी हुन् भन्ने कुरा ध्यान मै आएन। उनी म भन्दा वरिष्ठ प्रहरी अधिकारी हुन्। उनी आइपिएस अधिकारी हुन् र म डिएसपी, मैले उनलार्इ सल्युट गर्नै पर्थ्यो।’ ‘एक बुबाका लागि त्यो क्षण गौरभ गर्न लायकको थियो। आफ्नो सन्तानको नामले परिचित हुनु हरेक बुबाको इच्छा हुन्छ।’

असाधरण क्षण

तर के एक छोरीका लागि पनि त्यो क्षण त्यस्तै थियो? स्थानीय संचार माध्यमसँग बोल्दै सिंधु शर्माले भनिन् ‘हामी दुवैको लागि त्यो एक असाधरण क्षण थियो। एकअर्कालार्इ देखेर हामी प्रभावित भएका थियौं। तर हाम्रो घरमा प्रहरी पोसाक लगाउने जुन परम्परा थियो, त्यसलार्इ निरन्तरता दिन पाउनुमा म धेरै खुशी छु।’ सिंधुका बुबाले अर्को वर्ष अवकाश पाउँदैछन्। त्यसैले बुबासँगै काम गर्न पाउँदा धेरै राम्रो लागेको बताउँछिन् सिंधु।

बिबिसँगको कुरामा भने सिंधुले भनिन् ‘त्यो एक भावनात्मक क्षण थियो। तर त्यसको तुरुन्तै हामी आफ्नो आफ्नो काममा फर्कियौं।’ उमामहेश्वरसँग त्यस क्षणको कुनै तस्विर वा भिडियो थिएन। उनीहरुले त्यो पललार्इ लिएर समाचार बन्छ वा सामाजिक संजालमा भाइरल बन्छ भन्ने सोचेका पनि थिएनन् ।

त्यो घटनाको केही दिन पछि बाबुछोरीसँगै खाजा खाँदै गर्दा पत्रिकामा सो खबर पढेको बताउँछन् शर्मा। उमामहेश्वर भन्छन् ‘त्यसपछि न त छोरीले यस विषयमा केही भनिन् न त मैले नै उनलार्इ केही सोधे।’ सात महिनाको एक सन्तानकी आमा सिंधु हाल दुर्इ महिना देखि आफ्ना बुबासँग बस्दै आएकी छिन्। –बिबिसि हिन्दी