काठमाण्डु – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । महाभियोग सिफारिस समितिले जवरासँग दोस्रो दिन करिव २ घण्टा बयान लिएर बैठक सकिएको हो ।
उनलाई बिहीबार ११ बजे महाअभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरवारमा बोलाएको थियो । समितिका सदस्यहरुले आज जबरालाई दुईवटा प्रश्न सोधेका थिए । योसहित ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ । समितिले १९ भदौ बिहान ११ बजे उनलाई बयानका लागि बोलाएको छ ।
बुधबारबाट उनको बयान सुरु गरिएको हो । गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो ।
बयानका क्रममा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए ।
प्रतिक्रिया