जडिबुटीबाट हतियारसहित घैंटे समूहका तीन जना पक्राउ

जडिबुटीबाट हतियारसहित घैंटे समूहका तीन जना पक्राउ


काठमाडौँ – काठमाडौँ महानगर ३२ जडिबुटीस्थिति गणेशमाया श्रेष्ठ घरमा लुटपाट गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले तीन जनालाई पक्राउ गरेको छ । प्रभागकी प्रमुख एलिजा गिरीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई चाइनिज पेस्तोल र एक राउन्ड गोली र खुकुरीसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङ्ग गल्छी घर भई हाल कंलकी बस्ने वर्ष ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, सोही स्थानका २५ वर्षीय केदारप्रसाद अधिकारी र काभ्रे भुम्जु गाउँपालिका घर भइ हाल चावाहिल बस्ने अञ्जान उप्रेती रहेका छन्।

अर्जुन जग्गा कारबार गर्ने र पहिला समेत सार्वजानिक अपराधमा २ पटक सजाय पाएका व्यक्ति हुन भने केदार नेपाल प्रहरीमा २ वर्ष र नेपाली सेनामा ३ वर्ष जागिर खाई भागी विभिन्न अपराधिक गिरोहमा संलग्न रहँदै आएका वयक्ति हुन्।

त्यस्तै उप्रेती गुण्डा नाईके कुमार घैंटेको सहयोगी भई अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।