मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट खारेज, एमाले भवन बनाउन पाउने

मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट खारेज, एमाले भवन बनाउन पाउने


काठमाण्डु– सर्वोच्च अदालतले नेकपा एमाले पार्टी कार्यालय निर्माणका लागि दान लिएको जग्गा विवादसम्वन्धी रिट खारेज गरेको छ ।

व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले गरेको रिट सर्वोच्चले खारेज गरेको हो ।

सोमबार न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज हुने फैसला सुनाएको हो ।

एमालेको पक्षबाट बहस गरेका कानून व्यवसायीहरुले दान, दातब्य, बकसपत्र जस्ता विषयको छिनोफानो सुरु अदालतबाट हुनुपर्ने भन्दै रिटबाट हेर्न नमिल्ने जिकिर गरेका थिए ।

सोही तर्ककै आधारमा दिने र लिने सहमत भएको विषयमा अन्यथा सरकारी जग्गा वा विवाद नभएको अवस्थामा अदालत प्रवेश गर्न नमिल्ने ठहर भएको बहसमा सहभागी अधिवक्ता राजाराज घिमिरेले बताए ।

अब एमालेले भवन बनाउन पाउने भएको छ ।