२०८२ जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ : संयोजक गुरुङ

२०८२ जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ : संयोजक गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजतन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले २०८२ जेठ १५ गते नेपालमा गणतन्त्र अन्त्य हुने दाबी गरेका छन् ।

शनिबार काठमाण्डुमा आयोजित पृथ्वीपथको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो मान्यता के छ भने कुनै मान्छे मर्नुपर्‍यो, उसको जन्म महिना, बार, कहिले छ त्यहिले मर्छ भन्छ । यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन ? गणतन्त्र दिवस मनाउँछन् नि ! यसको अन्त्य पनि २०८२ जेठको १५ गते हुन्छ ।’

छिमेकी राष्ट्र भारतमा पनि नेपालमा हिन्दू राज्य र राजतन्त्र फर्कियो भनेर चर्चा भइरहेको उनले बताए । उनले भने, ‘९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आयो भनिरहेका छन् । पूर्व सेनाध्यक्षको अन्तर्वार्ता छ्यापछ्याप्ती आएको छ । असम्भव छैन ।’

भारतमा अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको मुद्रा पूजाकोठामा राखेर यन्त्रको रूपमा पूजापाठ हुने गरेको उनले बताए ।