काठमाण्डु– राजसंस्था पुनस्स्थापनाका लागि गठित जनआन्दोलन समितिका कार्यवहाक संयोजक डा. जगमान गुरुङले वैशाख २२ गतेसम्म सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन्।
बुधबार काठमाण्डुमा समितिले आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा बोल्दै उनले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् ।
उनले भने ‘वैशाख २२ गतेसम्म पनि यो सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रा संयोजकको नजरबन्द हटाएन भने र बन्दी बनाइएका साथीहरुलाई मुक्त बनाइएन भने २२ गते हामी सामूहिक गिरफतारी दिन्छौं,’ गुरुङले भने, ‘सबैभन्दा पहिले मै हिँड्छु। म ७८ वर्षको सुगर बिरामी माटोको टिका लगाएर मै हिँड्छु। तपाईंहरु को आउनुहुन्छ, आउनुहोस्। २२ गतेको दिनमा सामूहिक गिरफ्तारी दिने।’
तीनकुने आन्दोलनपछि राजावादीहरू भागे भन्ने गलत हल्ला फैलिएको उनले बताए ।
प्रतिक्रिया