काठमाण्डु – सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्र साहलाई पुर्पक्षका लागि जेल चलान भएका छन् ।
युवतीको बलात्कारपछि हत्या र नाबालकलाई बेपत्ता पारेको आरोपमा उनलाई जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले पुर्पक्षका लागि जेल चलान गरेको हो ।
वडाध्यक्ष साहसहित २ जनालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । अदालतको आदेशपछि वडाध्यक्ष साहसहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साहको समूहले सन्तोषीकुमारी साहलाई बलात्कार गरी हत्या गरेको र उनका भाइ १३ वर्षीय नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ ।
वडाध्यक्ष साह गत मंसिर २० गते वडाध्यक्षको शपथ लिँदै गर्दा पक्राउ परेका थिए ।
प्रतिक्रिया