ट्रम्पका पूर्वसल्लाहकारलाई ४० महिना जेल सजायको फैसला

ट्रम्पका पूर्वसल्लाहकारलाई ४० महिना जेल सजायको फैसला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसहयोगी तथा सल्लाहकार रोजर स्टोनलाई ४० महिनाको जेल सजाय दिइएको छ ।

अमेरिकाको एक अदालतले ६७ वर्षीय स्टोनलाई अमेरिकी संसदमा सातपटक झुट बोलेको, संसदको काममा अवरोध पुर्याएको र प्रमाणलाई लुकाएको विषयमा दोषी ठहर गर्दै उनलाई ४० महिनाको जेल सजाय सुनाएको हो ।

स्टोन ट्रम्पका महत्वपूर्ण सहयोगी मानिन्छन् जसलाई रोवर्ट मुलरको अनुतचगफउ

सन्धानमा दोषी पाइएको छ । अमेरिकी वकिल मुलरको अनुसन्धान सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प र रुसबीचको साँठगाँठबारे आधारित छ ।

स्टोनले सन् २०१६ मा विकिलिक्ससँग सम्पर्क गर्न खोजेको र पछि विकिलिक्सले ट्रम्पका प्रतिस्पर्धी विपक्षी डेमोक्रेटिक पार्टीकी राष्ट्रपतीय उमेदवार हिलारी क्लिन्टनको इमेल लिक गरी उनको छवीमा दाग लगाउने प्रयास गरेको थियो ।

अमेरिकी गुप्तचर विभागले हिलारी क्लिन्टनको इमेल लिगमा रुसको हात भएको निश्कर्ष निकालेको थियाे । ट्रम्पले भने आफूले स्टोनलाई माफ गर्नसक्ने बताएका छन्। स्टोनले राजनीतिक जालझेलको शिकार आफू बनेको बताएका छन्।

स्टोनलाई २० हजार अमेरिकी डलर जरिवाना पनि हुनेछ भने २ सय ५० घन्टा सामाजिक कार्यमा विताउनु पर्ने सजाय अमेरिकी अदालतले तोकेको छ ।