पत्रकार लक्ष्मी जैसीमाथि आक्रमण सुतेका बेला घरमै आक्रमण

पत्रकार लक्ष्मी जैसीमाथि आक्रमण सुतेका बेला घरमै आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा एक जना पत्रकारमाथि घरमै आक्रमण भएको छ।

 

 

सडकपुर बौनियास्थित घरमा सुतिरहेका पत्रकार लक्ष्मीप्रसाद जैसीमाथि गयराति आक्रमण भएको हो।

 

 

कैलालीका प्रहरी प्रवक्ता, डीएसपी वीरबहादुर बुढामगरका अनुसार अपरिचित व्यक्तिले ढोका फोडेर भालाजस्तो देखिने धारिलो हतियारले लक्ष्मीमाथि प्रहार गरी घाइते बनाएका हुन्।

 

 

 

पहिचान हुन नसकेको समूहले जैसीसँगै

 

 

उनकी आमालाई समेत कुटपिट गरी घाइते बनाएको छ। मोटरसाइकलमा आएका चार जनाको समूहले आक्रमण गरेको जनाइएको छ।

 

 

घाइते दुवैको पश्चिम क्षेत्रीय शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।

पत्रकार जैसी जनता टेलिभिजनका स्थानीय संवाददाता हुन्।
नेपाल पत्रकार महासंघ कैलालीले प्रेस विज्ञप्ती जारी गर्दै घटनाको निन्दा गरेको छ।