जाजरकोट केन्द्रविन्दु भएर ३ मिनेटमा २ भूकम्प, दुवै ५ रेक्टरमाथिका

जाजरकोट केन्द्रविन्दु भएर ३ मिनेटमा २ भूकम्प, दुवै ५ रेक्टरमाथिका

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएर २ वटा भूकम्प गएको छ । जाजरकोट केन्द्रविन्दु भएर तीन मिनेटको बीचमा दोस्रो भूकम्प गएको हो ।

साँझ ८ बजेर ७ मिनेटमा जाजरकोटको पैंक क्षेत्र केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएकोे हो भने ८ बजेर १० मिनेटमा ५.७ म्याग्निच्युडको भूकम्प गएकोे राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

भूकम्पले कर्णालीका सुर्खेत, दैलेख, कालिकोट लगायतका छिमेकी जिल्ला र सुदूरपश्चिममा समेत धक्का महसुस भएको थियो।

यसअघि बिहीबार अपराह्न ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।