जाजरकोटमा बन्दुक र वन्यजन्तुका अंगसहित दुर्इ पक्राउ

जाजरकोटमा बन्दुक र वन्यजन्तुका अंगसहित दुर्इ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट- जिल्ला प्रहरी कार्यालय जानरकाेटले ठुलाे मात्रामा हातहतियार तथा बन्यजन्तुका अंगसहित बावुछाेरालार्इ प्रकाउ गरेकाे छ । जिल्लाकाे जुनीचाँदे गाउँपालिका–११ बस्ने ५८ वर्षीय चन्द्रबहादुर शाही र उनका छोरा २८ वर्षीय नेत्रबहादुर शाहीलाई अवैध घरेलु हातहतियार, विष्फोटक पदार्थ र जंगली जनावरका अंगहरु सहित बुधबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

प्रहरीले उनीहरुको घरबाट भरुवा बन्दुक ४ थान, बाह्रबोर बन्दुक २ थान, एयरगन सानो ठुलो गरी ३ थान, बाह्रबोर बन्दुकमा प्रयोग हुने गोलीको खोका ७ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको जस्तो देखीने छर्रा २४ थान, भरुवा बन्दुकको पार्टपूर्जा २ थान, डेटोनेटर ८ थान, सेप्टीफ्यूज तार, केप १५ थान, बारुद आधा केजी, पहेलो गन्धक २ केजी, सकेट १ थान, जंगली जनावरको छाला ३ थान, सिङ ११ थान, दाँत ११ थान र नङ १५ थान बरामद भएको छ । प्रहरीले थप अनुसन्धान भइरहेकाे जनाएकाे छ ।