पुर्व गृहमन्त्री बस्नेतको पहलमा जाजरकोटको दल्लीमा भिडियो एक्सरे सेवाको सुरुवात

पुर्व गृहमन्त्री बस्नेतको पहलमा जाजरकोटको दल्लीमा भिडियो एक्सरे सेवाको सुरुवात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शहदेव वस्नेत,  जाजरकोट– जिल्लाको अति दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा सुरु भएको छ । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा ७ स्थित दल्लीप्राथमीक स्वास्थ्य केन्द्रमा  भिडियो एक्सरे सेवाको सन्चालन  गरिएको हो ।

 

 

मेयर टेकवहादुर रावलले भिडियो एक्सरे सेवाको उद्धघाटन गर्नुभएको हो  । साविकका ८ गाविस अर्थात , त्रिवेणी नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका ,तल्लो डोल्पा , रुकुमको पश्चिमी क्षेत्रका स्थानीयवासीहरुले योे सेवा लिने भएको छन् ।

 

 

पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिवहादुर वस्नेतको आर्थिक सहयोग वाट दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सञ्चालनमा आएको स्वास्थ्य चौकी दल्लीले जनाएको छ ।

 

 

 

भिडियो एक्सरे गर्नकै लागि यहाँका हजारौ नागरीकहरु रुकुमको चौरजहारी, नेपालगन्ज, सुर्खेत जानुपर्ने वाध्यता थियो । एक्सरे सञ्चालनमा आएपछि दशौंहजार रुपैया खर्चने र दुख हुँने कार्य सदाका लागि अन्त्य भएको नेकपा माओवादी केन्द्रका युवा नेता प्रशान्त शर्माले वताउनु भयो ।

 

 

 वत्तीको अभावमा स्वास्थ्य केन्द्रमा  सेवा दिन समस्या भएको गुनासो सुनेपछी मेयर रावलकै सक्रियातामा लहँवाट विद्युतको लाईन विस्तार गरि स्वास्थ्यमा विद्युत सेवा उपलव्ध गराएको छ । जिल्लाको क्षेत्र नंवर १ को  केन्द्रविन्दुका रुपमा रहेको दल्लीमा प्रभावकारी सेवा पाउँने आशामा स्थानियहरु हर्षीत भएका छन ।

 

 

पोष्ट मार्टम गर्नका लागि गृह नहुँदा पलाष्टिक भित्र राखेर पोष्ट माटम गर्दै आउनुपरेको समस्यालाइ मद्यनजर गर्दै  नगरपालिकाको आर्थिक सहयोगमा अव वन्न लागेको भवनवाट केही समय भित्र सहजरुपमा  पोष्ट मार्टम हुने समेत मेयर रावलले वताउनुभयो । यो सेवासँगै अव यसको दीगोपनको लागी सवैले साथ दीनु पर्ने जिल्ला अस्पतालका प्रमुख डा.चाँदनी शाहले वताउनुभयो ।