जाजरकोटमा शक्ति र नीरजबीच भिडन्त, प्रदेशमा दुवै सिट कांग्रेसले पाएपछि असन्तुष्टि

जाजरकोटमा शक्ति र नीरजबीच भिडन्त, प्रदेशमा दुवै सिट कांग्रेसले पाएपछि असन्तुष्टि


जाजरकोट- जाजरकोटमा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतसंग एमालेका केन्द्रीय सदस्य निरज आचार्य भिड्ने भएका छन् । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभामा बस्नेतलाई उम्मेदवार बनाएको हो । एमालेले युवा नेता आचार्यलाई यसअघि नै उम्मेदवार बनाइसकेको छ ।

जाजरकोटमा प्रदेशमा कांग्रेसबाट (क) मा वेदराज सिंह र (ख) मा राजिवविक्रम शाहलाई उम्मेदवार बनाएको छ । शाह प्रतिनिधिसभाका लागि आकांक्षी थिए । उनलाई प्रदेशको मन्त्री बनाउने भन्दै प्रदेशमा व्यवस्थापन गरिएको हो ।

माओवादी केन्द्रबाट रामदिप आचार्य र एकिकृत समाजवादीबाट कृष्ण विसी प्रदेशका लागि आकांक्षी थिए । तर, भागवण्डामा अन्तिममा प्रदेश कांग्रेसको भागमा परेको हो ।

प्रदेशमा माओवादी केन्द्रले भाग नपाएपछि असन्तुष्टि बढेको छ । स्थानीय निर्वाचनको परिणामअनुसार जाजरकोटमा कांग्रेस पहिलो,एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ ।

बस्नेत माओवादी केन्द्रका उपमहासचिव हुन् । उनि यसअघि ०७४ मा वाम गठबन्धनबाट निर्वाचित भएका थिए । अहिले कांग्रेसको समर्थनमा उनि उम्मेदवार भएका हुन् । आचार्यको भने यसअघि प्रदेशमा पाएको टिकट समेत खोसिएको थियो । बस्नेत ०७० र ०७४ दुवैमा निर्वाचित भएका थिए ।

०६४ मा उनि उम्मेदवार नै भएनन् । गृह,स्वास्थ्य र प्रधानमन्त्रीको प्रमुख स्वकिय सचिव समेत बनेका नेता बस्नेतले यो पटक निर्वाचन जिते हयाट्रिक हुनेछ । आचार्य भने एमालेभित्र निकै सम्भावना भएका नेता हुन् । उनि एमालेको केन्द्रीय निर्वाचन विभागको उपप्रमुख समेत छन् ।