जाजरकोटमा पहिरो अपडेट : ७ को शव भेटियो, दुईको खोजी जारी

जाजरकोटमा पहिरो अपडेट : ७ को शव भेटियो, दुईको खोजी जारी


 

जाजरकोट— अविरल वर्षात्‌का कारण भेरी नगरपालिका–३, ठाँटीबजारमा आइतबार बिहान पहिरो खस्दा पुरिएका ७ जनाको शव निकालिएको छ । उक्त पहिरोमा २ जना अझै पुरिएका छन् । एक सय मिटर माथिबाट आएको पहिरोले स्थानीयका २ वटा घर पुरिएका थिए ।
पहिरोमा पुरिएकातीर्थराज बोहराकी छोरी ५ वर्षीय नज्मा बोहरा,२५ वर्षीय सितला लुहार, ६ वर्षीय सम्झना बिक, ३ वर्षीय मनिसा बिक, ९ वर्षीय भगवती बिकको शव निकालिएको छ ।पहिरोमा पुरिएका ३५ बर्षीय लालबहादुर लुहारको डेढ घण्टा पछि जिवितै उद्धार गरिएको छ। उनको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ।

पहिरोले एकै परिवारका ४ जना र स्थानीय जीतबहादुर सुनारको घरमा बस्ने ४ जना बालक पुरिएका थिए। १२ वर्षीय गोविन्द परियार, ६ वर्षीय दशरथ परियार, १२ वर्षीय नरेन्द्र परियार र १० वर्षीय नवीन परियार पुरिएका थिए। उनीहरु मध्ये २ जनाको शव भेटिएपनि सनाखत हुन सकेको छैन ।

पुरिएकाहरुको प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीय लगायतले उद्धार जारी राखेको निमित्त प्रजिअ खतिवडाले बताए। उक्त पहिरोको कारण ठाँटीबजार आसपासका १७ वटा घर जोखिममा रहेको उनले बताए।