जलनको उपचार अब सातै प्रदेशमा निःशुल्क

जलनको उपचार अब सातै प्रदेशमा निःशुल्क


काठमाण्डु – जलनको उपचार अब सातै प्रदेशमा निःशुल्क हुने भएको छ । सरकारले सातवटै प्रदेशबाट जलनको निःशुल्क उपचार सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकका जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृतिका निम्ति पेस गरेको कार्यविधि मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको हो ।

अब प्रदेशस्तरबाट कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगन्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल धनगढीले जलनको निःशुल्क सेवा पाइनेछ ।