जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घ बैठक अजरबैजानमा हुने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घ बैठक अजरबैजानमा हुने


एजेन्सी– विश्व व्यापार सङ्गठन (डब्लुटीओ) ले अजरबैजानको बाकुमा हुने कोप–२९ शिखर सम्मेलनलाई विभिन्न व्यापार केन्द्रित कार्यक्रमहरूमार्फत सहयोग र सहभागिता जनाउनेछ ।

डब्लुटीओ महानिर्देशक न्गोजी ओकोन्जो–इवेलाले नोभेम्बर १२ र १३ मा हुने ‘वल्र्ड लिडर्स क्लाइमेट एक्सन समिट’ कार्यक्रममा भाग लिलेछन् ।

डब्लुटीओले वेबसाइटमार्फत कोप–२९ को बारेमा जानकारी प्रदान गर्नेछ । जलवायु परिवर्तनसम्बन्धी पक्षहरूको सम्मेलनको संयुक्त राष्ट्रसङ्घको २९औँ वार्षिक बैठक नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको बाकुमा हुँदैछ ।

जलवायु उद्देश्यहरू प्राप्त गर्न, दिगो विकास प्रवर्द्धन गर्न तथा व्यापार नीतिहरूको महत्त्वपूर्ण भूमिका जाँच्न उक्त सम्मेलनमा सहभागीहरूलाई आमन्त्रित गरिनेछ ।