जम्मूको बस स्टेशनभित्र बम हमला, कम्तिमा २५ घाइते

जम्मूको बस स्टेशनभित्र बम हमला, कम्तिमा २५ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जम्मू – भारत प्रशासित कश्मिरको जम्मू शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा २५ जना घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ ।

जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको थियो । जम्मु शहर भारत नियन्त्रित काश्मिरको शरदकालीन राजधानीको रुपमा रहेको छ ।

घाइतेहरुको सरकारी मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । हमलामा घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको छ। जम्मु प्रहरीले घटनाको अनुन्धानलाई तीव्रता दिएको छ। साथै प्रहरीले सिसिटिभि फुटेज हेरिरहेको बताएको छ।

केहि शंकास्पद व्यक्तिले बस स्टेन्डमा रोकिराखेको बसको बाहिर ग्रिनेट फ्याँक्दा बस बाहिर उभिरहेका व्यक्तिहरु घाइते भएको जम्मु–कश्मीरका प्रहरी प्रमुख एम।के। सिन्हाले बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।