एजेन्सी – भारत सरकारले जम्मु–कश्मीरलाई दिइँदै आएको विशेष अधिकार खोसेको छ । राष्ट्रपति रामनाथ कोविन्दले जम्मू-कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका छन् ।
संविधानको धारा ३७० र अनुच्छेद ५ खारेज गरिएसँगै जम्मु कश्मीरको विशेष अधिकार खोसिएको हो ।
मोदी सरकारको सो प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत भएलगत्तै अब जम्मु कश्मिरमाथिको शासन सीधै हिन्दूवादी दल भाजपाको सरकारले गर्नेछ । कश्मिर इस्लामिक बाहुल्य क्षेत्र हो । भारत–पाकिस्तान विभाजनपछि कश्मिरको भूमि विवादित हुँदै आएको छ ।
सरकारको पछिल्लो निर्णय अनुसार अब प्रसिद्ध पर्यटकीय उच्च हिमाली क्षेत्र लद्दाख जम्मु–कश्मिरबाट अलग भएको छ । अब लद्दाख र कश्मिर केन्द्र शासित अलग–अलग राज्य भएका छन् ।
भारतीय सन्चारमाध्यमहरुले भारत स्वतन्त्रतापछि कश्मिरले दोस्रोपटक स्वतन्त्रता पाएको भन्दै अब मिसन कस्मिरमा मोदीको नीति लागु हने टिप्पणी गरेका छन् ।
मोदी सरकारले संविधानको धारा ३७० हटाउने प्रस्ताव संसदमा पेश गर्नुअघि जम्मु कश्मिरका नेताहरुलाई नजरबन्द गरी सन्चार सम्पर्क समेत बिच्छेद गरेको थियो ।
प्रतिक्रिया