एजेन्सी – भारतको शिव सेनाले जम्मु–कश्मीरको पूर्वमुख्यमन्त्री एवम् पिपुल्स डेमोक्याटिक पार्टी प्रमुख मेहबुबा मुफ्तीलाई आतंककारी घोषणा गर्न माग गरेको छ ।
जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोस्ने केन्द्र सरकारको निर्णयविरुद्ध मुफ्तीले ट्विट गर्दै आजको दिन ‘इतिहासकै कालो दिन’ भएको संज्ञा दिएकी थिइन् ।
पूर्वमुख्यमन्त्रीद्वय मुफ्ती र उमर अब्दुल्लाहलाई केन्द्र सरकारले घरमै नजरबन्दमा राखेको छ । अब्दुल्लाहले पनि ट्विट गर्दै केन्द्र सरकारको निर्णयको विरोध गरेका छन् ।
दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदी सरकारले जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेर केन्द्र शासित राज्य बनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री मोदीको निवासमा सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले लद्दाखलाई जम्मु–कश्मीरबाट अलग गर्ने निर्णय पनि गरेको छ । पर्यटकीय हिमाली जिल्ला लद्दाख केन्द्र शासित इलाका हुनेछ, जहाँ विधानसभा हुने छैन । सरकारको यो निर्णयलाई भारतका राष्ट्रपति रामनाथ कोविदले अनुमोदनसमेत गरिसकेका छन् ।
प्रतिक्रिया