जम्मू–कश्मीर सैन्य कारबाहीमा नेपालका राईफल म्यान श्रेष्ठ मारिए

जम्मू–कश्मीर सैन्य कारबाहीमा नेपालका राईफल म्यान श्रेष्ठ मारिए


एजेन्सी – जम्मू–कश्मीरको कुपवाडा जिल्लामा गोलाबारी हुँदा दुई गोर्खा सैनिकको मृत्यु भएको छ । आइतबार कुपवारा जिल्लाको तांघर सेक्टरमा सैन्य पोष्ट र गाउँमा पास्तिानले गरेको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पद्म बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राइफल कुमार श्रेष्ठ नेपालका पाल्पा निवासी रहेको भारतीय सञ्चार माध्ययम न्युजलाईभ टिभीले जनाएको छ । त्यस्तै नेपाली मुलकै जवान पद्दबहादुर भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुली निवासी भएको बताइएको छ । उक्त आक्रमणमा परी दुई सेना र एक नागरिकको मृत्यु भएको थियो ।

पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै युद्ध शुरु गरेकाले घटना घटेको भारतले आरोप लगाएको छ । भारतले जवाफी आक्रमण गर्दा ६ देखि १० पाकिस्तानी सेनाको मृत्यु भएको भारतीय सेना प्रमुख विपिन रावतले भारतीय संचारमाध्यमलाई बताएका छन् । आक्रमणमा तीन सेनासहित ८ जना घाईते भएको भारतीय प्रहरीले दाबी गरेको छ ।