काठमाडौं – भारत प्रशासित जम्मु–काश्मिरमा तनाव बढ्दै गईरहेका बेला ठूला नेता नजरबन्दमा परेका छन् ।
नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष मेहबुबा मुफ्ती र जम्मु कास्मिर पिपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरूकै घरमा नजरबन्द गरिएको हो ।
आइतबर राति नाटकीय रूपमा घटनाक्रम विकास भएको बीबीसीले जनाएकोे छ ।
बीबीसीका अनुसार संविधानको धारा १४४ लागू गरेर श्रीनगरमा मानिसहरूको आवतजावत बन्द गराइएको छ ।
साथै त्यहाँका सबै शिक्षण संस्था बन्द गरिएका छन् भने श्रीनगरमा मोबाइल फोन र इन्टरनेटको सेवा पनि बन्द गरिएको छ ।
भारतले दशौं हजार सैनिक काश्मिर उपत्यकामा खटाइसकेको समाचारमाध्यममा उल्लेख छ ।
प्रतिक्रिया