जम्मू–कश्मीर तनाव : भारतविरुद्ध पाकिस्तानले संयुक्त राष्ट्रसंघलाई पत्र लेख्ने

जम्मू–कश्मीर तनाव : भारतविरुद्ध पाकिस्तानले संयुक्त राष्ट्रसंघलाई पत्र लेख्ने


एजेन्सी – भारतीय पक्षले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको भन्दै पाकिस्तानले संयुक्त राष्ट्रसंघलाई पत्र लेख्ने भएको छ ।

जम्मू–कश्मीरको पछिल्लो अवस्था र त्यसमा भारतीय पक्षले गरेको सैन्य कारवाहीका सम्बन्धमा पाकिस्तानले संयुक्त राष्ट्रसंघलाई पत्र लेख्ने भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रको नियन्त्रण रेखामा सर्वसाधारण नागरिकलाई लक्षित गरी प्रतिबन्धित क्लस्टर बम प्रयोग गरेकोको र उक्त आक्रमणका कारण दुईजनाको ज्यान गएको तथा ११ जना घाइते भएको जनाईएको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले कश्मीरको हालको अवस्था र भारतीय पक्षको गतिविधि बारे सुरक्षा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्रलाई पत्रमार्फत जानकारी गराउने तयारी थालेका हुन् ।

नियन्त्रण रेखामा भारतले क्लस्टर बम प्रयोग गरेको प्रमाण सम्बन्धी तस्बिरहरु प्राप्त भएको र सबै प्रमाणसहित संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई यसबारे जानकारी गराउने तयारी भएको पाकिस्तानी विदेश मन्त्रीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।