ग्लोबल आइएमई बैंकको सीइओमा जनक शर्मा पौड्याल नियुक्त

ग्लोबल आइएमई बैंकको सीइओमा जनक शर्मा पौड्याल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याल नियुक्त भएका छन्।

 

 

बैंक सञ्चालक समितिको बुधबार बसेको बैंकठले कायममुकायम सीईओ पौड्याललाई सीईओ नियुक्त गरेको हो।

 

 

तत्कालीन सीईओ अनिल ज्ञवालीले दुई वर्ष कार्यकाल बाँकी छँदै बैंक छाडेपछि पौड्याल कामु सीईओ बनेका थिए।

 

लण्डनबाट एमबीए गरेका सीईओ पौड्यालले बैंकिङ्ग क्षेत्रमा ३० वर्ष भन्दा बढीको अनुभव संगालिसकेका छन्।

 

 

 

सन् १९८७ मा इन्ट्रि लेभलमार्फत नबिल बैंकबाट आफ्नो करियर सुरु गरेका पौड्यालले नबिल बैंकमा ११ वर्ष काम गरे।

 

 

तत्कालीन एनआइसी बैंकमा जागिर थरेका उनले एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेलेका थिए। पौड्यालले त्यहाँ पाँच वर्ष काम गरेपछि फेरि लक्ष्मी बैक स्थापनाका लागि प्रकृया थाल्न लक्ष्मी बैंकमा गए।

 

 

 

लक्ष्मी बैंकमा एक वर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गएका थिए। लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव उनीसँग रहेको छ।

 

 

त्यसपछि तत्कालीन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गरेका थिए।