रामायण सर्किट तथा जनकपुर–अयोध्या बस सेवा शुभारम्भ

रामायण सर्किट तथा जनकपुर–अयोध्या बस सेवा शुभारम्भ


जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा आज जानकी मन्दिर परिसरमा रामायण सर्किटको घोषणा गरेका छन् । यसैगरी दुबै देशका प्रधानमन्त्रीले आजै जानकी मन्दिर परिसरमा संयुक्त रुपमा हरियो झण्डा देखाएर नेपाल–भारत मैत्री बस सेवा जनकपुर–अयोध्या–जनकपुरको शुभारम्भ गरे ।

सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गरे । उनले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकामा निकै खुशी व्यक्त गरे ।

भरतीय प्रधानमन्त्री मोदीले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतवासीका लागि भएको बताउँदै रामायण सर्किट र बस सेवाको सञ्चालनले विगतमा प्रधानमन्त्रीस्तरसम्म रहेको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नमा सहायकसिद्ध हुने धारणा व्यक्त गरे ।

‘आदरणीय मेरा भाइ सा’ब नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मेरो स्वागतमा जनकपुर आइपुग्नुभएकोमा म धेरै खुशी छु’, भारतको पहिलो प्रधानमन्त्रीका रुपमा आज जनकपुरमा आइपुगेको छु, राजा जनकको र माता जानकीलाई प्रणाम गर्ने शौभाग्य पाउँदा हर्ष विभोर भएको छु ।’