काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को १८औं खेलमा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको हो ।
सुदुरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रन बनाएर अलआउट भयो। जनकपुरका लागि जोसुवा ट्रम्पले सर्वाधिक १३ रन बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।
सुदुरपश्चिमले ५ खेलबाट ४ खेल जितेर ८ अंक जोडेको छ भने पराजित जनकपुरको पनि ५ खेलबाट ४ खेल जितेर ८ अंक जोडेको छ।
यो सँगै सुदुरपश्चिम शीर्ष र जनकपुर दोस्रो स्थानमा पुगेका छन् । यसअघि टीयू क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले ९ विकेटको गुमाएर १२३ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३, सैब जैबले २३, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए ।
जनकपुरका किशोर महतोले ४, शेर मल्ल र अरनिको यादवले दुई, दुई तथा हर्श ठाकरले एक विकेट लिए ।
प्रतिक्रिया