पार्टीकै कार्यक्रममा होहल्ला गर्ने जनमतका ४ केन्द्रीय नेताविरुद्ध अनुशासन समितिको ‘एक्सन’

पार्टीकै कार्यक्रममा होहल्ला गर्ने जनमतका ४ केन्द्रीय नेताविरुद्ध अनुशासन समितिको ‘एक्सन’


काठमाण्डु – पार्टीकै कार्यक्रममा होहल्ला गरेको आरोपमा जनमत पार्टीले ४ केन्द्रीय नेतासहित ८ सदस्यविरुद्ध ‘एक्सन’ थालेको छ ।

गत असोज ५ गते जिल्ला समन्वय समिति महोत्तरीको हलमा भएको प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम बिथोल्न खोजेको आरोपमा पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ ।

अनुशासन समितिका प्रमुख तथा पार्टी उपाध्यक्ष ई. दिपककुमार साहले केन्द्रीय सदस्य दिपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह, सुरेश ठाकुरलाई स्पष्टीकरण सोधिएको छ ।

जलेश्वर नगर समितिका सचिव सञ्जित यादव, सन्तोषकुमार मण्डल, रामजीवन साह र सिंहेश्वर मण्डललाई पनि अनुशासन समितिले स्पष्टीकरण सोधेको छ ।

प्रमुखद्वारा प्रेषित पत्रमा लेखिएको छ, ‘होहल्ला गरी कार्यक्रम बिथोल्नु गरेको, गुटबन्दी तथा भाँडभैलो गरेको साथै पार्टीको अहित हुने कार्यमा संलग्र भएको देखिएको हुँदा जनमत पार्टीको विधानको धारा ३९ (क) को उपधारा १, २, ३, ४, ५, ६, १०, ११ आकर्षित हुने हुँदा तपाईंहरूलाई साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनुपर्ने हो ? ७ दिनभित्र लिखित स्पष्टीकरण दिनुहुन अनुरोध छ ।’

हेर्नुहोस् पत्र –