जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै

जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको बिषयमा छानबिन गर्न गठित छानविन समितिले आज अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ ।

जेठ महिनाको सीसीटीभी फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सिसिटिभी फुटेज दिन आनाकानी गरेपछि हार्ड डिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो ।

‘जेठ महिनाको सीसीटीभी फुटेजको हार्ड डिस्क मगाएका छाैँ , त्यो प्राप्त भयो भने प्रावधिक राखेर अध्ययन गर्नेछौं,’ समिति सदस्य लक्ष्मणलाल कर्णले भने । उनका अनुसार हिजो राति ८ बजेसम्म पनि समितिले सो प्रकरणका बारेमा सरोकारवाला व्यक्तिसँग बयान, छानविन र अध्ययन गरेको थियो ।

जेठ महिनाको सीसीटीभी फुटेज माग्दा असारको दिएपछि सो प्रकरण थप रहस्य बन्दै गएको छ । समितिले जेठ महिनाको सीसीटीभी फुटेजका लागि पुन ताकेता गरिरहे पनि अर्थ मन्त्रालयले भने अझै दिएको छैन ।

उता, समितिका सचिव सुरेन्द्र अर्यालले प्रावधिक अध्ययन सकिएपछि सो प्रकरणमा राजिनामा दिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर बयान लिने तयारी समितिले गरेको छ । ‘प्रावधिक अध्ययन सकिएपछि उहाँ (जनार्दन शर्मा)सँग बयान लिने बारेमा समितिमा छलफल भएको छ’ हमालले भने ।