जनार्दन शर्माले भनेः ‘दुई तिहाइको सरकार निर्माणमा लागेका छौं’

जनार्दन शर्माले भनेः ‘दुई तिहाइको सरकार निर्माणमा लागेका छौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले दुई तिहाइको सरकार निर्माण लागेको बताएका छन् । अर्घाखाँचीको सन्धिखर्क ९ अर्घामा पिताको काजक्रियामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सहानुभूति दिन आएका बेला प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले निरंकुशताको अन्त्य गर्न दुई तिहाइ बहुमतको सरकार बनाउन थालिएको बताएका हुन् ।

उनले नेपालमा स्थायी सरकार बन्न नसक्दा विकास निर्माणको काम हुन नसकेको बताउँदै दुई तिहाइको सरकारले लोकतन्त्रको संस्थागत विकास गर्ने बताए ।

देशलाई समृद्धिको बाटोमा अगाडि बढ्न पनि स्थायी सरकार आवश्यक भएको बताउँदै उनले वाम गठबन्धनले दुई तिहाइको सरकार बनाएर निरंकुशता लाद्न खोजेको भन्ने कुरा गलत भएको स्पस्ट पारे ।

कार्यक्रममा बोल्दै उनले बहुमतले संविधान संशोधन गर्न सक्ने भएकाले संविधान संशोधनको विषयठूलो नभएको र यसलाई बढाउन पनि नहुने जिकिर गरे ।

संसदमै समृद्धी र भ्रष्टाचारको विषयले मुख्य बिषयका साथ प्राथमिकता पाउनुले देशमा नयाँ आयाम थपिने विश्वास लिन सकिने उनले बताए ।