पेट्रोलियम पदार्थको मूल्यवृद्धिले व्यापार घाटा बढ्यो : अर्थमन्त्री शर्मा

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले व्यापार घाटा बढ्यो : अर्थमन्त्री शर्मा


काठमाण्डु- अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण व्यापार घाटा बढेको बताएका छन् । सोमबार पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण व्यापार घाटा बढेको दाबी गरेका हुन् ।

उनले चालु आर्थिक वर्ष वर्षमा ९८ प्रतिशत उद्योग सञ्चालमा आएको र विप्रेषण बढेको कारण अर्थतन्त्र सुधारोन्मुख रहेको बताए । उनले मूल्यवृद्धि नियन्त्रणमा चुनौती भए पनि त्यसका लागि थप उपाय अबलम्वन गरिने बताएका छन् ।

त्यसैगरी मन्त्री शर्माले रुस युक्रेन युद्धका कारण मूल्यवृद्धि नियन्त्रण गर्ने चुनौती बढेको दावी गरे । उनले अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएकोमा अहिले ४ प्रतिशतमा सीमित हुने अवस्था रहेको बताए ।