अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्लामा माओवादीले यसपटक पनि क्लिन स्विप गर्न सक्ला ?

अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्लामा माओवादीले यसपटक पनि क्लिन स्विप गर्न सक्ला ?


काठमाण्डु – अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा पनि स्थानीय चुनावको जोडघटाउ सुरु भएको छ । पहिलेको रुकुम दुई जिल्ला बनेपछि पश्चिम कर्णाली प्रदेशमा र पूर्व लुम्बिनी प्रदेशमा परेको छ ।

जनयुद्धको मुख्य आधार क्षेत्र रहेको रुकुममा चुनावी मैदानमा पनि माओवादीले बाजी मार्दै आएको छ । पश्चिम रुकुममा तीन नगरपालिका र तीन गाउँपालिका छन् । आठबिसकोट, मुसिकोट र चौरजहारी नगरपालिका हुन् भने त्रिवेणी, सानीभेरी र बाँफीकोट गाउँपालिका ।

अघिल्लो चुनावमा ६ वटै स्थानीय तहमा माओवादीले क्लिन स्विप गरेको थियो । उसले ६ वटै स्थानीय तहका प्रमुख–उपप्रमुखसहित बहुसंख्यक वडासमेत जित्यो । जिल्लाका सबै स्थानीय तहमा माओवादीको कांग्रेससँग प्रतिस्पर्धा देखिन्छ । एमाले तेस्रो स्थानमा छ । माओवादीसामु गत चुनावको वर्चस्व बचाउनुपर्ने चुनौती यसपटक देखिन्छ ।

पश्चिम रुकुममा भने माओवादीले एक्लै चुनाव लड्ने निर्णय गरिसकेको छ । मुख्य प्रतिस्पर्धा नै कांग्रेससँग भएकाले तालमेलको अर्थ नभएको उसको तर्क छ । दुईमध्ये जसले जिते पनि सत्तासाझेदार दल नै हुने भन्दै उसले एक्लै लड्ने घोषणा गरेको छ ।

माओवादीले गत चुनावमा अधिकांश स्थानीय तहमा फराकिलो मतान्तरले जितेकाले यसपटक पनि सहजै जित्ने आकलन गरेको छ । माओवादी चुनावी राजनीतिमा आएदेखि नै रुकुममा सबै चुनाव जित्ने गरेको छ । त्यसैले यसपटक फेरि त्यही वर्चस्व कायम राख्ने उसको तयारी देखिन्छ ।

अहिलेसम्मको अवस्था हेर्दा रुकुम पश्चिममा माओवादीको किल्ला तोड्न अन्य दललाई कठिन देखिदै आएको छ । रुकुम पश्चिममा १ लाख ४ हजार ४ सय ८२ मतदाता छन् । तीमध्ये ५२ हजार ७ सय ६७ पुरुष र ५१ हजार ७ सय १७ महिला छन् ।

हेर्नुहोस्, सबै पालिकाको अबस्था र अंकगणित: