काठमाण्डु – बजेट निर्माणमा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्ति समावेश गराएको र सीसीटीभी फुटेज गायब गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्माको बयान बुधबार हुने भएको छ ।
मंगलबार संसदीय छानबिन विशेष समितिको बैठकले बैठकले बुधबार बयानका लागि शर्मालाई बोलाउने निर्णय गरेको हो । त्यस्तै छानबिन समितिले सीसीटीभीको हार्ड डिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय पनि गरेको छ ।
अर्थमन्त्रालयले सूचना माग्न गएका एक व्यक्तिलाई सीसीटीभी फुटेज डिलिट भएको जवाफ दिएको थियो। अर्थमन्त्रीको योजनामा फुटेज मेटाइएको भन्दै विरोध भएपछि संघीय संसदले छानबिन समिति बनाएको हो।
२२ असारमा गठन भएको विशेष समितिमा एमालेबाट ४, कांग्रेस, माओवादी केन्द्रबाट २र२, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट १र१ गरी ११ जना छन्। समितिलाई १० दिनको समय दिइएको छ।
प्रतिक्रिया