‘नौलो गणतन्त्र’का लागि जनमत पार्टी आन्दोलनको तयारीमा

‘नौलो गणतन्त्र’का लागि जनमत पार्टी आन्दोलनको तयारीमा


काठमाण्डु-जनमत पार्टीले दुई ठूला दल नेतृत्वको सरकार स्वेच्छाचारी बन्दै गएको भन्दै आन्दोलनको तयारी गरेको छ । कांग्रेस एमाले नेतृत्वको सरकार जनमुखी भन्दा पनि पार्टी स्वार्थमा लागेको भन्दै जनमत पार्टीले आन्दोलनमा जाने निर्णय गरेको हो ।

पार्टी सचिवालय बैठकले आन्दोलनका लागि कार्यकर्तालाई तयार रहन निर्देशन दिएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

‘दुई ठूला दल मिल्दा जनताको काम सहज होला भन्ने हाम्रो विश्वास थियो त्यही भएर हामीले सय दिनसम्म सरकारका पर्फमेन्स हे¥यौ तर सरकार त पार्टी फुटाउने चलखेलदेखि नयाँ दललाई सक्ने गतिविधिमा लागेपछि अब पर्खिनुहुन्न भन्ने हाम्रो ठम्याई हो’,उनले भने ।

पार्टीले राजनीतिक परिस्थितिलाई ध्यानमा राखी पार्टीका सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएको यादवले जानकारी दिए ।

यादवले आफ्नो पार्टीले गत जेठ १५ गते घोषणा गरेको नौलो गणतन्त्रको औचित्य पुष्टि गर्ने बेला आएको भन्दै यहि आन्दोलन मार्फत संविधान संशोधन गरि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि देशभर दवाव सिर्जना गर्ने बताए ।