काठमाण्डु – जापानको इशिकावा प्रान्तमा गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या १०० नाघेको छ ।
भूकम्पमा परी इशिकावामा शनिबारसम्म २११ जना बेपत्ता भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पमा परी मृत्यु हुनेको संख्या ११० तथा बेपत्ता हुनेको संख्या २१० पुगेको एएफपीले जनाएको छ । भूकम्पबाट सबैभन्दा धेरै प्रभावित तटीय शहर वाजिमामा ५९ जनाको मृत्युको पुष्टि भएको छ ।
प्रतिक्रिया