टोकियो– जापानकी केन तनाका विश्वकै बढी उमेरको मानिस बनेकी छन् । उनले आइतबार फुकुओकाको नर्सिङ होममा आफ्ना नजिकका नातेदारसँग ११७ औं जन्मदिन मनाएकी छन् । तनाकाको जन्म १९०३ को जनवरी २ मा भएको थियो ।
गत वर्षको ९ मार्चमा उनले ११६ वर्ष ६६ दिन पुरा गरेर उनको नाम सबैभन्दा पाको उमेरको महिलाको रुपमा गिजिन वल्र्ड रिकर्डमा दर्ता भएको थियो र उनलाई प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो । उनी ८ भाई बहिनी मध्ये ७ औं नम्बरकी हुन् ।
उनको ८ नाती नातिना रहेका छन् । पछि उनले १ बच्चलाई धर्म सन्तानको रुपमा ग्रहण समेत गरेकि थिइन् । तनाकाको श्रीमान र सबैभन्दा ठूला छोराको मृत्यू द्वितिय विश्वयुद्धमा भएको थियो । त्यसपछि उनले एक पसल चलाएर आफ्नो परिवारको पालन पोषण गरेकि थिइन् ।
यो भन्दा पहिले विश्वकै सबैभन्दा पाको जीवति व्यक्तिको रेकर्ड जापानकै अर्कि महिला चियो मियाकोको नाममा थियो । उनको ११७ वर्षको उमेर गत वर्षको जुलाईमा निधन भएको थियो । राम्रो जिवनशैलीका कारण जापानका मानिस अन्य देशका मानिसको तुलनामा लामो आयु बाच्दै आएका छन् ।
उनीहरुमा बिरामी पर्ने अवस्था अन्य मुलुकको तुलनामा कम रहदै आएको छ । सबैभन्दा बढी उमेरका मानिसको संख्यको रेकर्ड अझै पनि जापानको नाममा रहदै आएको छ ।
प्रतिक्रिया