एजेन्सी – टोकियो–टुना किङको नामले प्रसिद्ध जापानको एक व्यापारी कियोशी किमुराले नयाँ वर्षको अवसरमा भएको लीलामीमा एक टुना माछा १८ लाख डलर अर्थात् २१ करोड नेपाली रुपैयाँमा खरिद गरेका छन् ।
कियोशीले राजाधानी टोकियोको माछा बजारमा आइतबार २७६ किलोग्रामको टुना माछाको सबैभन्दा बढी बोली लगाएका थिए । कुनै पनि टुना माछाका लागि लगाइएको यो हालसम्मकै दोस्रो बढी मूल्य हो ।
कियोशीले गत वर्ष २७८ किलोको टुना माछाका लागिढ ३१ लख डलर अर्थात् ३५ करोड रुपैयाँमा किनेका थिए । टुना किनेपछि कियोशीले यो महँगो माछालाई आफ्नो रेष्टुरामा ग्राहकलाई खानका लागि दिने बताएका छन् ।
कियोशीको रेष्टुरामा जापानको विशेष थाली शुसी ग्राहकलाई दिने गरिन्छ । समुद्री माछा टुनाको विश्वभरी व्यापक माग रहदै आएको छ । टुना माछा केबल स्वादका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि अत्यन्त फाइदाजनक मानिन्छ ।
मुख्य रुपमा समुद्रमा पाइने यो माछामा पोषक तत्वको मात्रा व्यापक हुने गर्छ । यो माछालाई कुनै किसिमको पौष्टिक आहार बनाउन सकिन्छ । टुना माछाको कैयौ किसिमका प्रजाती पाइन्छ । यो माछा आकारमा एक फिटदेखि १५ फिटसम्म लामो हुने गर्छ ।
टुना माछामा ओमेगा–३, भिटामिन बी तथा अन्य धेरै जरुरी पोषक तत्व पाइन्छ । स्तन क्यान्सर, ह्दय रोग तथा वजन घटाउनका लागि टुना माछाको उपयोग गरिन्छ ।
प्रतिक्रिया