जापानले बनायो आकाशमा उड्ने बाइक, मूल्य ८ करोड १६ लाख

जापानले बनायो आकाशमा उड्ने बाइक, मूल्य ८ करोड १६ लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – जापानको टार्टअप कम्पनी एएलआई टेक्नोलजीजले आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ ।

निर्माता कम्पनीले होभर बाइक भनेर चिनिने आकाशमा उड्ने बाइकको ‘एक्सटुरिज्मो लिमिटेड एडिसन’ बुधबारदेखि जापानी बजारमा उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार यसको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ । आगामी वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने ३०० केजी तौल भएका २०० वटा होभरबाइक उत्पादन गर्ने निर्माता कम्पनीको लक्ष्य छ ।

प्रत्येक होभरबाइकमा एउटा इन्जिन र ब्याट्रीजडित चारवटा मोटरहरू छन् । इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता हुन् ।

निर्माण कम्पनीले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ । एकचोटि चार्ज गरेपछि यो होभरबाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलोजीजले जनाएको छ ।