उत्तर कोरियाद्धार जापानमा क्षेप्यास्त्र प्रहार, युद्धको संकेत !

उत्तर कोरियाद्धार जापानमा क्षेप्यास्त्र प्रहार, युद्धको संकेत !


 

एजेन्सी– उत्तर कोरियाले जापानमा क्षेप्यास्त्र प्रहार गरेको छ । जुन क्षेप्यास्त्र उत्तरी जापानको आकाश हुँदै समुन्द्रमा गएर खसेको थियो ।

 

 

मंगलबार गरिएको उक्त क्षेप्यास्त्र प्रहारपछि जापनका प्रधानमन्त्री सिन्जो आबेले क्षेप्यास्त्र प्रहार गर्नु असाधारण चुनौती भएको प्रतिक्रिया दिए । त्यसो त जापानले क्षेप्यास्त्र प्रहार पछि त्यसलाई निस्तेज पार्ने वा बदला लिनेजस्ता कुनै कार्य गरेको छैन । तर, उसले आफ्ना नागरिकलाई सुरक्षित रहन भने आग्रह गरको छ ।

 

 

पछिल्लो समय उत्तर कोरियाले जापानलाई लक्षित गर्दै थुप्रै क्षेप्यास्त्र प्रहार गरेको भए तापनि जापानको आकाशमा प्रहार गरिएको भने यो पहिलो पटक हो । उत्तर कोरियाको यस्तो व्यवहार विश्वमा नै थप तनाब थपने अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन् । कतिपय विश्लेषकहरुले यसलाई युद्धको संकेतसमेत भन्न भ्याएका छन् । पछिल्लो समय उत्तर कोरियाले देखाएको व्यवहारले त्यसको संकेत गरकेो छेन पनि भन्न सकिन्न ।