काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा. सुरेन्द्र यादव चयन भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आईतबार बसेको विभागको बैठकले डा. यादवलाई सर्वसम्मत प्रमुखमा चयन गरेको छ ।
जसपा नेपालका महासचिव रामकुमार शर्मा र केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा आयोजित बैठकले विभागको उपप्रमुखमा डा. अब्दुल कलाम अन्सारीलाई मनोनित गरेको छ । विभागको सचिव र अन्य पदाधिकारी लगायत सदस्यहरू चयन गर्न आईतबार साँझ काठमाण्डुमा विभागको बैठक बसेर टुंग्याउने तयारी छ ।
१३ सदस्यीय विभागको सदस्यमा डा. कविता साह, राजेश प्रसाद यादव, पवित्र नारायण यादव र प्रभाकर सिंहलाई मनोनित गरिएको छ । जसपा नेपालमा आवद्ध चिकित्सक, स्वास्थ्यकर्मी, शुभचिन्तकको राष्ट्रिय भेला माघको मसान्तमा आयोजना गरिने विभागका प्रमुख डा. यादवले जानकारी दिए ।
प्रतिक्रिया