जयशंकर र डोभालको ‘झगडा’मा फसेको भारतको विदेश नीति

जयशंकर र डोभालको ‘झगडा’मा फसेको भारतको विदेश नीति


काठमाण्डु – भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालमा एस जयशंकर र अजित डोभाललाई उनीहरूको साबिककै पदमा पुनः नियुक्त गरेका छन् । जयशंकर पुनः भारतको विदेशमन्त्री बनेका छन् भने डोभाल राष्ट्रिय सुरक्षा सल्लाहकार पदमा पुनः नियुक्त भएका छन् ।

जयशंकर यसअघि प्रधामन्त्री मोदीको पहिलो कार्यकालमा विदेश सचिव हुँदै विदेशमन्त्रीको रूपमा सेवा गरेका थिए । त्यसअघि उनी अमेरिका र चीनका लागि भारतका राजदूत भएर काम गरेका थिए ।

जयशंकर कुनै समय डोभालका प्रतिद्वन्द्वी पनि मानिन्थे । भारतको विदेश नीतिमा उनीहरूको फरक दृष्टिकोण रहँदै आएको छ ।

भारतीय पत्रिका ‘द कारभान’को सेप्टेम्बर २०१७ को अंकमा प्रवीण डोन्थीले एक रिपोर्टमा लेखेका छन्, ‘डोभाल एक उच्च प्रहरी अधिकारी थिए । उनी दीर्घकालीन र सुक्ष्म दृष्टिकोणबाट परिस्थितिलाई हेर्दैनन् । तर जयशंकर कुटनीतिज्ञको आँखाबाट हेर्छन् । चीनलगायत हाम्रो छिमेकी देशका कूटनीतिज्ञहरूले डोभाल र जयशंकरलाई वास्तवमा कुनै सम्मान गर्दैनन् । किनकी उनीहरूलाई दूरदृष्टि भएका कूटनीतिज्ञका रूपमा नभई ‘अपरेटिक’को रूपमा हेरिन्छ ।’

भारतमा मोदीको दोस्रो कार्यकालमा सरकार र थिंक ट्यांकबीच एउटा आम सहमति डोभालले गृह, रक्षा र विदेश मन्त्रालय हेर्ने बनेको थियो । विदेशमन्त्रीमा जयशंकर जस्ता चतुर कुटनीति रहँदा रहँदै डोभाललाई पनि विदेश मन्त्रालय हेर्ने जिम्मा दिएपछि यहिँबाट उनीहरूबीच खटपट सुरु भएको हो ।

मोदीको अघिल्लो कार्यकालदेखि अहिलेसम्म आन्तरिक सुरक्षाको सवालमा डोभालको शक्ति निर्विवाद छ । तर, मोदीको घरेलु नीतिका अन्य पक्षहरूमा उनको प्रभाव त्यति छैन । । जति बाहिर उनको विशेषताहरूको चर्चा गरिन्छ ।

गत वर्ष भारतमा एउटा सर्वेक्षण भएको थियो र सोधिएको थियो – मोदी सरकारका सबैभन्दा बढी प्रभावशाली ‘ब्युरोक्रेटस्’को हुन् ? त्यसको जवाफमा १६ हजार उत्तरदाताहरू मध्ये ८० प्रतिशतले प्रधानमन्त्री मोदीका अतिरिक्त प्रमुख सचिव पीके मिश्राको नाम रोजेका थिए । तीमध्ये एक दशांशभन्दा कमले डोभाललाई रोजे ।

विश्लेषकहरूले भारतको विदेश नीतिमा डोभालको पहुँच र जयशंकरबीचको सम्बन्धलाई अघोषित ‘समीकरण’ भनेका छन् ।

पछिल्ला वर्षहरूमा जयशंकरप्रति मोदीको ठूलो विश्वास छ । पहिला उनलाई सबैभन्दा शक्तिशाली विदेश सचिव हुँदै विदेशमन्त्री बनाइयो र अहिले पुनः विदेशमन्त्री नियुक्त गरिएको छ ।

डोभाल मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकार हुँदा पनि उनमा विदेश नीतिका विषयमा अनुभवको कमी र रणनीतिक भन्दा बाहिर जान नसक्ने अवगुण छ । जसले शून्यता सिर्जना गरिरहेको छ ।

जानकारहरूका अनुसार मोदीको विश्वव्यापी पहलहरूको रोडम्याप जयशंकरले तयार पार्छन् । तर भारतको नजिकका छिमेकी देशहरू विशेष गरी पाकिस्तानको मामिलामा मोदीले डोभालकै सल्लाह लिने गरेका छन् ।

मोदीको पूर्ववर्ती दुवै कार्यकालमा भारतको  छिमेकीहरूसँगको सम्बन्धमा स्पष्टता र अन्योलको अवस्थमा रहँदै आएको छ ।

मोदीको नेतृत्वमा पाकिस्तानसम्बन्धी भारतीय नीति स्थिरताको अभावमा पीडित छ । सरकारका प्रायः विरोधाभासी चाल र सुसंगत दीर्घकालीन रणनीति भन्दा पनि समयको आवश्यकताबाट प्रेरित देखिन्छन् ।

सुरुमा मोदीले जयशंकरलाई पाकिस्तान र डोभाललाई चीनसँग विश्वास पात्रको रूपमा काम गराए । जयशंकर चीनमा राजदूतको रूपमा काम गरिसकेपछि चीनबारे राम्ररी जानकार छन् र डोभाल पाकिस्तानका विषयमा राम्रो जानकारी राख्छन् । तर, २०१५ पछि मोदीले जयशंकर र डोभालको चश्मा नै फेरिदिए ।

नेपालसँगको सम्बन्धमा पनि असन्तुष्टि नै छ । मोदी प्रधानमन्त्री बनेको केही महिनापछि अगस्ट २०१४ मा काठमाडौंको भ्रमण गरे । त्यहाँ उनले विकास सहयोग बढाउने वाचा गर्दै छिमेकलाई पहिलो राख्ने बताए । तर उनको यसबाट प्राप्त ख्याती र सद्भाव चाँडै खेर गयो ।

सन् २०१५ मा नेपालमा नयाँ संविधान बन्यो ।संविधानका केही प्रावधानहरूप्रति मधेशमा असन्तुष्टि थियो । भारतले नेपालले संविधान बनाएपछि नेपालमा नाकाबन्दी पनि लगाएको थियो । भारतले आफूहरूको ‘नोट’ मा रहेको प्रतिक्रिया दियो । तर त्यसअघि तत्कालीन विदेश सचिव जयशंकर संविधान जारी नगर्न दबाब दिन काठमाडौं यात्रा गरेका थिए । धेरै नेपालीहरूले यसलाई भारतले नेपालको मामिलामा हस्तक्षेप गरेको रूपमा बुझेका छन् । र यो शृङखला अहिलेसम्म जारी छ ।

विश्लेषकहरू के भन्दछन् भने त्यतिबेला नेपाललाई ‘ह्यान्डल’ गर्दै आएका डोभालले तत्कालीन विदेश सचिव जयशंकरलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई दबाब दिएका थिए ।

किनभने डोभाल आफैं भारत सरकारको सन्देश लिएर काठमाडौं जान चाहेका थिए । तर यो काम जयशंकरले फत्ते गरेका थिए ।

यसका साथै दुई देशबीचको सीमा विवाद र नेपालको नक्सामा अंकित कालापानी र लिम्पियाधुराको क्षेत्रले थप विवाद सिर्जना गरेको छ । कतिपयले भारतसँगको सम्बन्धमा तनाव बढेपछि नेपाल चीनको काँखमा पुगेको र नेपालमा चीनको उपस्थिति बढेको भन्ने दृष्टिकोण पनि राख्छन् ।

विश्व मञ्चमा कूटनीतिज्ञका रूपमा डोभालको मुख्य परीक्षा उनको चीनसँगको व्यवहार नै हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सेप्टेम्बर २०१४मा भारत भ्रमण गरे र दुई देशको सीमामा लामो समयदेखि चलिरहेको विवादमा प्रगतिको आशा जगाए । जब कुरा गर्ने समय आयो, मोदीले डोभाललाई जयशंकरको स्थानमा आफ्नो विशेष दूत नियुक्त गरे ।

जयशंकर र डोभाल दुवै परम्परागत रूपमा र ऐतिहासिक कारकहरूले उनीहरूको चासोलाई असर गर्न नदिने सन्दर्भमा कट्टरपन्थी हुन् ।

उनीहरूले आफ्नो विश्वदृष्टि आफैसँग राख्छन् । जसका कारण समय समयमा मोदीलाई असहज पनि बनाउँछ । तर मोदी यी दुवैलाई गुमाउन पनि चाहँदैनन् ।

एजेन्सीहरूको सहयोगमा