चुनावको टिकट लिन राजधानी हिँडेका कांग्रेस बाजुराका नेता बेपत्ता

चुनावको टिकट लिन राजधानी हिँडेका कांग्रेस बाजुराका नेता बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न निर्वाचनका लागि टिकटको लविङ गर्न राजधानी काठमाडौं हिँडेका कांग्रेस बाजुराका एक नेता वेपत्ता भएका छन्।

 

कांग्रेस नेता ४० वर्षीय जयबहादुर थापा एक सातादेखि सम्पर्कविहीन बनेका हुन्।

 

 

उनी गत असोज २२ गते कर्णाली रिभरको ४६०४ नम्बर गाडीमा राजधानी हिँडेको उनका भतिजा जनक थापाले बताए। जनकका अनुसार जयबहादुर मुग्लीनमा छुटेका थिए। त्यसपछि सम्पर्क हुन सकेको छैन।

 

चौतर्फी खोजी गर्दा पनि सम्पर्क हुन नसकेपछि एक हप्तादेखि चार छोराछोरी, श्रीमती र घरपरिवारमा रुवाबासी भएको छ।