जयबहादुरले सिलवाललाई त्यस्तो काम मैले गरेको भए मरिजाउं यार भनेपछि…

जयबहादुरले सिलवाललाई त्यस्तो काम मैले गरेको भए मरिजाउं यार भनेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  ‘जो जिता वही सिकन्दर’ भन्छन् नी, त्यस्तै भयो नवराज सिलवाललाई । जतिबेला उनले ललितपुर १ बाट चुनाव जितिसकेका थिएनन्, मतगणना बाँकी नै थियो । तर, बाँकी भोट सबै उदयशमशेरले पाए पनि उनको जितलाई रोक्ने अवस्था थिएन । यस्तै बेला उनको मोबाइलमा एउटा फोन बज्यो । गणनामा भएका कारण उठाउन पाएनन् ।

 

 

म्यासेज आयो, ‘ डा. शेखर कोइरालाले नवराजसँग कुरा गर्न चाहेका रहेछन् । यसपटक नवराज हत्तपत्त बाहिर निस्किए, फोन गरे । पुलिसको बानी न हो, शेखरले फोन उठाउनासाथ नवराजले ‘सर, जय नेपाल’ दन्काइहाले । शेखरले भने, ‘सिलवालजी ठूलो गल्ती भयो । मलाई तपाईसँग भेटेरै कुरा गर्न मन थियो ।

 

 

 

तर, अहिले विराटनगरमै छु । तपाईलाई नचलाएको भए आज कांग्रेसका लागि यस्तो दिन नआउने रहेछ । मैले सभापतिजीलाई पनि भने । तपाईले जित्न लाग्नु भएको सुनेर खुसी लाग्यो । बधाई छ ।’

 

 

मतदानभन्दा तीन दिन अघि प्रहरी हेडक्वाटरले सिलवाललाई हराउन टोली परिचालित गरेको हल्ला चल्यो । यस्तो सुनेर नवराजले आफूसँगै आईजिपीका प्रतिस्पर्धी उपत्यकाका एआईजी जयबहादुर चन्दलाई फोन गरेर थर्काए ।

 

 

 

जयबहादुरले भने, ‘त्यस्तो काम मैले गरेको भए म मरिजाउँ यार । तेरोविरुद्ध म यस्तो गर्छु होला ? नचाहिने कुराको पनि नलाग । चुनाव जितेर आइज । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।