गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

बुटवलबाट गुल्मीको मालिका तर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको जिप शुक्रबार बिहान रिडी–बुर्तिबाङ सडकखण्ड अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका– ५ इन्द्रेगौंडामा दुर्घटना भएको हो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारीसमेत रहेका डीएसपी शंकर पोखरेलले जानकारी दिए।

जिप आफैँ अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।