न्युजिल्यान्डका जेम्स निसम एनपिएलमा जनकपुरबाट खेल्ने

न्युजिल्यान्डका जेम्स निसम एनपिएलमा जनकपुरबाट खेल्ने


काठमाण्डु-न्युजिल्यान्डका अलराउन्डर जेम्स निसम नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

उनलाई जनकपुर बोल्ट्सले अनुबन्ध गरेको हो । ३४ वर्षीय जेम्सले भारतको आइपिएल टोली राजस्थान रोयल्यसहित पञ्जाब र मुम्बईबाट समेत खेलेका छन् । यस्तै उनले अस्ट्रेलियाको बिग ब्यास लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग र बंगलादेश प्रिमियर लिग समेत खेलेका छन् । यस्तै उनले इंग्ल्यान्ड द हन्ड्रेड पनि खेलेका छन् ।

उनले न्युजिल्यान्डबाट १२ टेस्ट, ७६ एकदिवसीय र ७९ टी–२० आइ खेलेका छन् । आठ टोलीबीच हुने एनपिएल आगामी मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सञ्चालन हुनेछ ।