काठमाण्डु- २६ दिनदेखि आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोक्न खोजेको थियो । त्यसै क्रममा भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो ।
ढुंगामुढा प्रहार भएपछि प्रहरीले पानीको फोहरा हानेको छ भने भिड तितरवितर भएको छ ।






प्रतिक्रिया