तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले चैत १५ गते काठमाण्डुको तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन झापाले आईतबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको महत्त्वाकांक्षा, पूर्वपञ्चहरूको दिवास्वप्न र सरकारको दमन दोषी रहेको बताए ।

‘एकतर्फी कसैलाई दोष देखाएर सरकार पनि उम्किन मिल्दैन,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘घटनामा तीनैवटा पक्ष दोषी छन् । त्यसको छानबिन हुनुपर्छ ।’

सुरक्षा व्यवस्था फितलो र आन्दोलनकारी अराजक भएका कारण अप्रिय घटना हुन पुगेको उनको विश्लेषण थियो । नेता खनालले २०८४ सालको चुनावअघि नै कम्युनिष्ट शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिए ।