विर्तामोडमा प्रहरीको गोलीबाट एक युवकको मृत्यु, अनिश्चितकालीन कर्फ्यु जारी

विर्तामोडमा प्रहरीको गोलीबाट एक युवकको मृत्यु, अनिश्चितकालीन कर्फ्यु जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ११ वर्षीय बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउदा झापाको बिर्तामोडमा एक युवकको मृत्यु भएको छ।

 

 

 

स्थिति नियन्त्रणबाहिर गएको भन्दै स्थानीय प्रशासनले बिर्तामोड क्षेत्रमा साढे एक बजे कर्फ्यु लगाएपछि भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अर्जुनधारा ११ का नवराज (राजेश) थापाको मृत्यु भएको हो।

 

 

उनले घाटीमा गोली लागेको थियो। उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्प्ताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रहरीको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन्। उनीहरुलाई भद्रपुरस्थित मेची अञ्चल र अन्य ६ जनालाई बी एण्ड सी लगायत बिर्तामोडका निजी अस्पतालमा उपचारका लागि लगिएको छ।