काठमाण्डु-प्रथम झापा कपको अन्तिम सेमिफाइनल खेलमा आज राष्ट्रिय जागृति क्लब इटहरी र न्यूरोड टिम (एनआरटी) खेल्दैछन् ।
खेल डोमालाल राजवंशी रङ्गशाला बिर्तामोडमा हुनेछ । पहिलो सेमिफाइनलमा सिरहाको सलहेश युवा क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड फाइनलमा पुगिसकेको छ । आजको विजेता टोली र चर्च ब्वाइजले उपाधिका लागि खेल्नेछन् ।
झापा–११ फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल सोमवार हुनेछ । विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतिक्रिया