काठमाण्डु – हास्य कलाकार जीतु नेपालले नयाँ कमेडी ‘शो’ ल्याउने तयारी गरेका छन् । जितुले आफ्नो लोकप्रिय ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका थिए । पत्रकार सम्मेलनमार्फत आफ्नो कमेडी ‘शो’ बन्द गरेको जानकारी गराएका जितुले अब नयाँ ‘शो’को तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।
नयाँ ‘शो’को तयारीमा लागेका जितु प्रचारका लागि विभिन्न टेलिभिजनसँग कुराकानी गरिरहेका छन् । दीपाश्री निरौंला र करिष्मा मानन्धरसँग ‘मुन्द्रको कमेडी क्लब’मा सहकार्य गरेका जितुले यसपटक भने दिनेश डिसीसँग सहकार्य गर्ने जनाइएको छ ।
डिसीसँग सहकार्यका लागि छलफल भइरहेको उनले बताएका छन् । प्रसारण गर्ने टेलिभिजन फाइनल भएपछि जितुले औपचारिक रुपमा नयाँ ‘शो’का बारेमा जानकारी दिने बताएका छन् ।
प्रतिक्रिया